मैत्रीपूर्ण शृंखलाका लागि जिएचसीए दिल्ली प्रस्थान 

काठमाडौं, (खेलाडी)-  दि ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसीए)  भारतको एपि क्रिकेट एकेडेमीसँग मैत्रीपूर्ण शृंखलाका लागि भारत प्रस्थान गरेको छ ।

हिमालयन क्रिकेट एकेडेमी र एपि क्रिकेट एकेडेमीबीच चार एक दिवसीय र दुई ट्वान्टी २० शृंखला हुनेछ । 

जिएसचीले दिल्ली भ्रमणबाट युवा टोलीले धेरै कुरा सिक्न पाउने बताएको छ । 

१५ सदस्यीय टोलीलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक जगत टमाटाले बिदाई  गरे ।