पोखरालाई विराटनगरको एक सय ७३ रनको लक्ष्य

काठमाडौं, (खेलाडी)-  एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत जारी खेलमा विराटनगर वारियर्सले पोखरा राइनोजसामु एक सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारे ब्याटिङका लागि आएको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ७२ रनको योगफल खडा गरेको थियो 

विराटनगरका लागि ओपनर आसिफ शेखले ४४, सिकन्दर राजाले २९,  सन्दिप रजाईलीले अविजित २८ र कप्तान करण केसीले अविजित २४ रन जोडे ।

पोखराका विक्रम सोबले दुई तथा विकेट यादव र नन्दन यादवले समान एक विकेट लिए ।