टस जितेर पोखरा फिल्डिङमा 

काठमाडौं, (खेलाडी)-  एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजको दोस्रो खेलमा बिराटनगर वारियर्स विरुद्ध पोखरा राइनोजले टस जितेर फिल्डिङ गर्दैछ ।

प्रतियोगिताअन्तर्गत पोखराले पहिलो खेलमा भैरहवा ग्लाडियटर्ससँग अंक बाँडेको थियो । दोस्रो खेलमा बिहिबार ललितपुर पेट्रियट्सलाई नौ विकेटले पराजित गरेको पोखरा शुक्रबार चितवन टाइगर्ससँग नौ विकेटले पराजित भएको थियो । 

त्यस्तै बिराटनगर पहिलो खेलमा आइतबार चितवनसँग दुई विकेट, दोस्रो खेलमा बुधबार भैरहवा ग्ल्याडियर्टससँग सात विकेट र शुक्रबार ललितपुर पेट्रियट्स विरुद्ध ३७ रनले पराजित भएको थियो ।