विराटनगर अंक खाता खोल्ने लक्ष्यमा 

काठमाडौं, (खेलाडी)-  एभरेष्ट प्रिमियर लिग (इपिएल) मा आज दुई खेल हुँदैछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने पहिलो खेलमाा भैरहवा ग्ल्याडियटर्स र काठमाडौं किंग्स इलेभनबीच प्रतिस्पर्धा हुनेछ ।

तीन खेल खेलेको भैरहवाले एक जित र दुई बराबरीका साथ तीन अंक जोडेको छ भने काठमाडौले दुई खेलमा एकमा जित र एकमा हार व्यहोर्दै मात्र दुई अंक जोडेको छ  ।

शनिबार नै हुने दोस्रो खेलमा पोखरा राइनोज र विराटनगर वारियर्स खेल्दैछन् । तीन खेल खेलेको पोखराले एक खेल जितेको छ भने दुई खेलमा अंक बाँडेको छ । यता तीन खेलमा पराजित विराटनगरले अंक खाता खोल्न सकेको छैन ।

पोखरासँगको हारले विराटनगरको शीर्ष चारमा बस्दै प्लेअफ प्रवेशको गणितिय सम्भावना समेत समाप्त हुनेछ ।