क्रिकेट
म्याक्सवेलको अर्धशतकमा बेङलोरकाे सहज जित
दुबाई, (खेलाडी)- ग्लेन म्याक्सवेलको अर्धशतकप्रेरित रोयल च्यालेन्जर्स बेङलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सलाई सात विकेटले हराएको छ ।
राजस्थानले प्रस्तुत गरेको एक सय ५० रनको लक्ष्य बेङलोरले १७.१ ओभरमा मात्र तीन विकेट क्षतीमा पूरा गरेको थियो ।
बेङलोरका म्याक्सवेलले ५० रनको योगदान गर्दा श्रीकार भारतले ४४ रन जोडे । त्यस्तै कप्तान विराट कोहलीले २५ रन बनाए ।
राजस्थानका मुस्तफिजुर रहमानले दुई विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङका लागि आएको राजस्थानले निर्धारित २० ओभरमा नौ विकेट गुमाउदै एक सय ४९ रनको योगफल खडा गरेको थियो ।
राजस्थानका ओपनर इर्बिन लुइसले ५१ रन बनाए ।
बेङलोरका हर्षल पटेलले तीन विकेट लिए ।