दिल्लीमाथि कोलकाताको जित

दुबाई, (खेलाडी)-  कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सलाई तीन विकेटले हराएको छ ।

मंगलबार सम्पन्न पहिलो खेलमा दिल्लीले प्रस्तुत गरेको एक सय २८ रनको लक्ष्य कोलकाताले १० बल अगावै सात विकेटको क्षतीमा पूरा गरेको थियो ।

कोलकात्ताका लागि नितिश रानाले अविजित ३६ रन जोड्दा ओपनर सुभमन गिलले ३० रन जोडे ।

दिल्लीका आभेष खानले तीन विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै एक सय २७ रनको योगफल खडा गरेको थियो ।

दिल्लीका ओपनर स्टिभ स्मिथ र विकेटकिपर ऋषभ पन्तले समान ३९ र अर्का ओपनर शिखर धवनले २४ रन जोडे ।