इपिएलमा आज दुई खेल

काठमाडौं, (खेलाडी)-  एभरेष्ट प्रिमियर लिग (इपिएल) मा आज दुई खेल हुदैछ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्टिय क्रिकेट मैदानमा बिहान ९ः३० बजे हुने खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स आमने  सामने हुदैछ । 

विराटनगर किरण केसीको कप्तानीमा मैदान उत्रदैछ भने सोमपाल कामीले चितवनको नेतृत्व सम्हाल्नेछन् ।

त्यस्तै आज दिउँसो १  बजे हुने खेलमा पोखरा राइनोज र भैरहवा ग्याडियटर्स भिड्दैछन् ।

पोखरा विनोद भण्डारीको कप्तानीमा मैदान उत्रनेछ भने भैरहवाको नेतृत्व शरद भेषावकरले गर्नेछन् ।

यसअघि शनिबार उद्घाटन खेलमा काठमाडौं किंग्स इलाभेनले विजयी सुरुआत गरेको थियो । काठमाडौंले ललितपुर पेट्रियोट्समाथि सात विकेटको सहज जित हात पारेको थियो ।