दिल्ली र हैदराबादबीचको खेल नरोकिने

दुबाई, (खेलाडी)- एक खेलाडीमा कोभिड १९ संक्रमण पुष्टी भए पनि इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार सनराइजर्स हैदराबाद र दिल्ली क्यापिटल्स बीचको खेल सञ्चालन हुँदैछ ।

हैदराबादका टी नटराजनलाई कोभिड १९ संक्रमण पुष्टी भएको थियो । उनी हाल आइसोलेसनमा छन् । त्यस्तै हेदराबादकै विजय शंकरसहित अन्य ६ सदस्य पनि आइसोलेशनमा छन् । बाँकी खेलाडीमा कोभिड १९ संक्रमण देखिएन ।

भारतमा कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएपछि मेमा रोकिएको आइपिएल आइतबारबाट युएईमा पुनः सुचारु भएको थियो ।

सात खेलमा मात्र दुई अंक जोडेको हैदराबाद तालिकाको अन्तिम स्थानमा छ भने आठ खेलमा १२ अंक बटुलेको दिल्ली दोस्रो स्थानमा छ ।