आइसिसी पुरुष क्रिकेट विश्वकप लिग दुई

नामिबियाको टोली घोषणा

काठमाडौं । फेब्रुअरी १४ देखि नेपालमा हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग दुई अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृंखलाका लागि नामिबीयाको  टोली घोषणा भएको छ ।

नामिबिया क्रिकेट बोर्डले जेरार्ड इरास्मसको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।

नामिबियाले  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा स्कटल्यान्ड र नेपालसँग समान दुई खेल खेल्ने छ ।

नामिबियाले फागुन दुई र ६ मा घरेलु टोली नेपाल तथा फागुन तीन र आठमा स्टकटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

लिगमा २४ खेल खेलेको नेपालले आठ जित र १४ हारको नतिजा निकाल्दा एक खेल बराबरी र एक खेल बिना नतिजा टुङ्गिएको छ । नेपाल १८ अंकका साथ छैटौं स्थानमा छ ।

लिगको शीर्ष स्थानमा रहेको स्कटल्यान्डले ३२ खेलमा ४६ अंक जोड्दा नामिबिया ३० खेलबाट ३७ अंकका साथ तेस्रो स्थानमा छ । यसैगरी ओमान (४४),अमेरीका (३५),युएई (२७) र पपुवा न्युगिनी (पाँच) अंकका साथ दोस्रो, चौथो, पाँचौ र अन्तिम स्थानमा छन् ।

नामिबियाको टोली

जोरार्ड इरास्मस (कप्तान), लोहान लोरेन्स, टानगिनी लुङ्गामेनी, जेन ग्रिन, माइकल भान लिन्गेन, जाइ फ्राइलिन्क, बेर्नार्ड स्कोल्ट्ज, हिलाओ ए फ्रेन्च, बेन सिकोन्गो, कार्ल ब्रिकेनस्टोक्स, जोसुवा जुलियस, निकोल लोफ्टी इएटन, रुबेन ट्रम्पलम्यमान, शउन फोउचे