आइसीसी महिला ट्वान्टी२० विश्वकपको एसियाली छनोट

नेपाललाई कुवेतको झिनो लक्ष्य

काठमाडौ । आइसीसी महिला ट्वान्टी२० विश्वकपको एसिया छनोट चरणमा कुवेतले नेपाल सामु २८ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको कुवेत १५.४ ओभरमा मात्र २७ रनमा सीमित भएको थियो ।

कुवेतका कुनै पनि ब्याटरले दोहोरो स्कोर गर्न सकेनन्  ।

कुवेतलाई सस्तोमा समेट्ने क्रममा संगिता राईले तीन तथा कप्तान रुबिना क्षेत्री र करुणा भण्डारीले समान दुई विकेट लिए ।