टेनिस
आफ्नै सहयात्रीलाई हराउँदै पाभ्लेयुचेन्कोमा सेमिफाइनलमा
पेरिस, (खेलाडी)- रुसकी एनास्थासिया पाभ्लेयुचेन्कोभाले युगल स्पर्धाकी आफ्नै सहयात्रीलाई हराउँदै फ्रेन्च ओपनको सेमिफाइनलमा स्थान सुरक्षित गरेकी छिन् ।
पाभ्लेयुचेन्कोभाले युगल स्पर्धाकी आफ्नै जोडी २१औं वरियाताकी एलिना रेबाकिनालाई ६-७(२/७), ६-२, ९-७ को सेटमा हराएकी थिइन् ।
३१औं वरियाताकी पाभ्लेयुचेन्कोभाले कुनै पनि ग्राण्ड स्लाम प्रतियोगिताको एक्ल स्पर्धातर्फ सेमिफाइनलको यात्रा तय गरेको यो पहिलो पटक हो । २९ वर्षिया पाभ्लेयुचेन्कोभाले अब फाइनल प्रवेशका लागि स्लोभेनियाकी टमारा जिदानसेकविरुद्ध प्रतिस्पर्धा गर्नेछिन् ।